कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि असोज २० गते विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । 

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्र्कीले विश्वासको मत लिन लागेको बताएका छन् । उनले आफुलाई दलहरुले विश्वासको मत दिने विश्वास भएकोे बताए । 

कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको बताएको छ । कांग्रेसका प्रमुख सचेतकले यो सरकारलाई विश्वासको मत नदिने बताए उनले मिलेर जाउ भन्ने तर सहमत गरेर नजाने अदालत जाने जस्त निणर्यका कारण हामि विश्वासको मत दिन समर्थन छैनौ । 

यता निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमाले सगं सत्ता साझेदार गर्दै आएको राप्रपाले पनि नेकपा एमालेले वहुमत पुर्याउने भएमा समर्थन गर्न सकिने बताएको छ । राप्रपाका कोशी प्रदेश संसदिय दलका नेता भक्तिप्रसाद सिटौललाले निर्वाचन देखि साझेदार गर्दै आएको र सरकार बनाउन पनि सहयोग गरेको भए पनि मध्यावदी तर्फ नलैजानको लागि बहुमत पु¥याउने लाई समर्थन गर्न सक्ने बताए । 

यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाएका थिए । यस पटक उपसभामुखले मत हालल् पनि नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै छ । अब कार्र्कीले विश्वासको मत पाउनका लागि राप्रपाले सहयोग गरेको अवस्थामा पनि ४२ मत सुनिश्चित गर्नुपर्छ । त्यसका लागि गठबन्धन दल नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको  मत रहेका कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत तानेर पनि उनले विश्वासको मत पुर्याउन सक्दैनन् ।