बेलबारी—१० मा रहेको सिंहदेवी एकेडेमीले आज बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल कुमारी थापाको अध्यक्षतामा समपन्न भएको उक्त कार्यक्रम गौथली चोकको हलमा सम्पन्न भएको हो ।
विद्यालयले कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी बिदाई गरेको छ भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अबिर लगाई स्वागतसमेत गरेको छ ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर दिल प्र्रसाद राईले ११ कक्षामा भर्ना हुने विद्यार्थीहरुलाई शैक्षिक उन्नतीको शुभकामना दिँदै कक्षा १२ उत्तिर्ण गरेर जाने विद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षाकालागी हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । मेयर राईले देशलाई माया गरेर यँही बसेर केही गर्न र बिदेश नजान आग्रह गर्दै औपचारिक शिक्षालाई पुरागरी यसैलाई मेरुदण्ड बनाएर जिवनमा सफल हुन आग्रह गर्नुभयो । हरेक शैक्षिक क्षेत्रदेखी सिंगो जीवनमा सफलहुनकालागी हार्दिक बधाई तथा शुभकामनासमेत व्यक्त गर्र्नुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै सिंहदेवी एकेडेमीका प्रध्यानाध्यापक रबिन थापाले सिंहदेवी एकेडेमीले अभिभावकको मन जित्न सफल भएको , विद्यार्थीको विश्वास जित्न सफल भएको र समाजको भरोसा बन्दै गएको भन्दै संपूर्ण विद्यार्थीहरुको उत्तोरोत्तर प्रगति र शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बेलबारी प्याब्सनका अध्यक्ष भगवती घिमिरेलगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।