बेलबारी—३ मा रहेको भगवती माध्यमिक विद्यालयले आज बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमसागर ढकालको अध्यक्षता तथा बेलबारी नगरप्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 


विद्यालयले पहिलोपटक कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई दिक्षान्त टोपी तथा मायाको चिनो प्रदानगरी बिदाई गरेको छ भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अबिर र खादा लगाई स्वागतसमेत गरैको छ । 


कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर दिल प्र्रसाद राईले १२ कक्षामा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत र उच्च शिक्षाकालागी बाहिर जाने विद्यार्थीहरुलाई बधाईका साथ शैक्षिक जीवनमा सँधै सफल हुनकालागी शुभकामना व्यक्त गर्दै आर्थीक समस्या वा अन्य कुनै समस्या भएका विद्यार्थीहरुलाई बेलबारी नगरपालिकाले १८ लाख रुपैँया बेलबारी भित्रका ११ र १२ मा पढ्ने विद्यार्थीहरुकालागी छात्रवृत्तिको व्यवस्था गरिएकोले कुनैपनि विद्यार्थीहरु पढ्नबाट वञ्चित हुनुनपर्ने बताउनुभएको छ । 


त्यस्तै कार्यक्रममा बोल्दै भगवती माध्यमिक विद्यालयलका निर्वतमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप थापाले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई आर्थीक समस्याका कारणलेगर्दा बिदेश नजान र आफ्नै देशमा बसेर केहीगर्न आग्रह गर्दै आर्थीक अवस्था अति बिपन्न भएका विद्यार्थीहरुलाई नगरपालिकाले कार्ययोजना बनाएर नगरपालिकाभित्र रहेका त्यस्ता घरपरिवारलाई सहयोग गर्ने अनुरोध गर्नुभयो र स्थानीय तहलाईपनि रोजगारीको बिषयमा कार्ययोजना बनाउनसमेत अनुरोध गर्नुभएको छ ।


कार्यक्रममा बेलबारी नगरपालिका वडा न.३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, बेलबारी बहुमुखी क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोईराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भोला गौतमलगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।