नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्दको खेलमा ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र आफुले थाहा पाएको बताएका छन्  । 

बिहिबार स्वदेश फर्किएको टिमका अलराउण्डर करणले हाँस्दै भने, ‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ।’


उनले अन्तिम ओभरको तीन बल अगावै भाचिएको भए पनि खेलको प्रेसरले गर्दा आफुले थाहा नपाएको र ओवर पनि सकिसकेले पछि ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाए, उनले बताए । 

१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा भारतविरुद्ध २३ रनले पराजित हुँदै नेपाल बाहिरिसकेको छ।

384556195_661395575972606_3363809130229710803_n