राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८० आज सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
बेलबारी नगरस्तरीय प्रतिभा पहिचान कार्यक्रममा बेलबारी नगरभित्रबाट ७ वटा विद्यालयहरु सहभागी भएका थिए । कार्यक्रममा हस्तलेखन, चित्रकला र वक्तृत्वकला भएको थियो । वक्तृत्वकला सिनियरतर्फ देश विकासमा पर्यटनको महत्व र जुनियरतर्फ विद्यार्थी जिवनमा अनुशासनको महत्व भन्ने शिर्षकमा भएको थियो जसमा सहभागी विद्यालयहरुमध्ये सिनियरतर्फ मोरङ ज्ञानोदय प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र कसेनी मोडल इङलिस स्कुल तेस्रो भएका छन् भने चित्रकलाको सिनियरतर्फ कसेनी मोडल इङलिस स्कुल प्रथम, जेभियर इङलिस स्कुल दोस्रो र गुरुकुल पाठशाला तेस्रो भएका छन् ।
यस्तै हस्तलेखनको सिनियर इङलिसतर्फ डेल्टा इङलिस स्कुल प्रथम, गुरुकुल पाठशाला दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् भने जुनियर नेपालीतर्फ गुरुकुल पाठशाला प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र माइलस्टोन इङलिस स्कुल तेस्रो भएका छन र हस्तलेखनको सिनियर नेपालीतर्फ गुरुकुल पाठशाला प्रथम , डेल्टा इङलिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् भने जुनियर इङलिसतर्फ डेल्टा इङलिस स्कुल प्रथम, मोरङ चिनारी दोस्रो र गुरुकुल पाठशाला तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल बेलबारी नगर अध्यक्ष पर्वत राई सभापति रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, विशिष्ट अतिथिहरुमा एन प्याब्सन कोशी प्रदेश उपाध्यक्ष सुनिल दत्त अधिकारी,
एन प्याब्सन कोशी प्रदेश सह—सचिव कमल खनाल, बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोईराला, शिक्षा युवा तथा खेलकुद उपशाखा, बेलबारी शिक्षा शाखा प्रमुख एलिना बस्नेतलगायत हुनुहुन्थ्यो ।