बेलबारी नगरपालिका ३ मा रहेको बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ साधारणसभाकालागी हिजो आफ्नो उम्मेदवारी दर्ता गराएका केही उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेहरुमा अध्यक्ष पदका उम्मेदवार भोला गौतम, उपाध्यक्ष पदका उम्मेदवार सुष्मा कोईराला,कोषाध्यक्ष पदका उम्मेदवार कुल बहादुर सन्यासी, खुल्ला सदस्यहरु कुल बहादुर थापा, इन्द्र बहादुर सुवेदी,महिला सदस्य दिलु तामाङ,लेखा संयोजक राज कुमार सुवेदी र लेखा समिति सदस्य सितादेवी विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका हुन् ।