बेलबारी नगरपालिका वडा न.१० का पूर्व सैनिक छत्र बहादुर निरौला बैशाखदेखि आन्द्राको क्यान्सर भएर जीवन र मृत्युको दोसाँदमा बाँचिरहनुभएको छ । निरौलालाई सबैभन्दा सुरुमा बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्याँहा सामान्य आन्द्राको घाउ भनेर उपचार गरिएको थियो पछि फेरी बायोप्सीगर्दा क्यान्सर भन्ने पत्ता लागेपछि सैनि अस्पताल छाउनी लगी थुप्रै किमो चढाई सेक्ने कामगर्दा समेत निको भएको छैन ।
त्यसैले थप उपचारकालागि भरतपुर क्यान्सर अस्पताल लानुपर्ने भएको छ । तर निरौलाको परिवारको अत्यन्तै न्युन र दयनीय अवस्था छ । उहाँको परिवारमा ३ जना छोराछोरी र एक बृद्व हजुरआमा हुनुहुन्छ ।
उहाँको जिवनरक्षाकोलागी संपुर्ण नगरबासि र देशबाहिर बस्नुहुने दाजुभाई दिदीबैनीहरुको आर्थिक सहयोगको खाँचो परेकाले संपुर्णलाई सहयोग गर्न र यस दुखद घडीमा सबैतिरबाट सहयोग गरेर जिवनरक्षाकानिम्ति आर्थीक सहयोगकोलागी संपुर्णमा अनुरोध गर्नुभएको छ ।
स्वयंम बिरामीको खाता नं. सि ७०२९५७५९४१५२४०१ ( C702957594152401)
Nic asia bank