विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडा ८२ मतान्तरले निर्वाचित हुनुभएको छ।
घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गर्नुभएको हो। विनोद ढकालले ४३० मत प्राप्त गर्नुभएको छ । ३५ मत बदर भएको छ।
यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राजकुमार भण्डारी विजयी हुनुभएको छ । त्यस्तै दुई जना उपसचिवमा जलबर्षा राजवंशी र देवान र्राई विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दर्ुइ जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ सदस्यीय प्रदेश समिति मध्ये ४९ वटा पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् भने अन्य सदस्यहरुको मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।