नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । ९सय ९७ मध्ये  ९ सय ७७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ ।

आइतवार विहान ११ बजे देखि हुने भनिएको मतदान राति १० बजेदेखि सुरू भए र सोमबार विहान ५ बजे सकिएको थियो । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले ३५ स्थानबाट मतदान गरेका थिए ।

पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाको उम्मेदवारी कायम छ । प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्।् उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।् ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुँदैछ । मतदान विहान सकिएकोले आज दिउँसो मतगणना हुने निर्वाचन कमिटिले बताएको छ ।