विराटनगर ।  कोशी प्रदेशका सुरक्षा निकाय प्रमुखहरुले पहिचानको आन्दोलन र निषेधको राजनीतिले सुरक्षा चुनौती थपिएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको सुरक्षा छलफल कार्यक्रममा सहभागि सुरक्षा निकायका प्रमुखहरुले राजनैतिक रुपमा समाधान गर्न सकिने विषय र मुद्दालाई सोही अनुरुप छलफल र वार्ताबाट समाधान खोज्न आग्रह समेत गरेका छन् । उनिहरुले जातिय सद्भाव र धार्मिक सद्भाव बिथोल्ने प्रयास प्रदेशको सुरक्षा चुनौति रहेको जानकारी दिए । उनिहरुले अजिकिदै गरेको चाढपर्वलाई लक्षित गर्दै जिल्लाहरुमा शान्ति सुरक्षा मजबुद बनाउन सुरक्षाकर्मी तैनाथ रहेको बताए । 

santi surxa (3)

 सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । उनले सुरक्षा निकायहरुलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने बताए ।

santi surxa (4)

 सो कार्यक्रममा मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरु,नेपाली शेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसंधान विभागका कोशी प्रमुखहरु लगायत सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।