खोटाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राई रहेका छन् ।शनिवार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
बालिकालाई उपचारका लागि हिजो राति नै उदयपुर लगिएको छ । बालिकाको अवस्था चिन्ताजनक रहेको छ । घर नजिकै आफन्तको घरमा शनिवार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् ।
बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डीएसपी) पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।