विराटनगर, १३ असोज । 

 कोशी प्रदेशको राजधानी विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

 हिजो देखि सुरु भएको अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार उद्घाटन गरेको सो अधिवेशनमा शनिवार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए । उनले आइतवार बिहान देखि मतदान भई बेलुका सम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफल पछिको प्रस्तुति पछि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

uml photo.. (4)

सो अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ । भरसक सहमतिको प्रयास भईरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने भोलि बिहान ११ बजेबाट हुने जनाइएको छ ।

सो अधिवेशनमा १३७ वटा पालिका सहित विभिन्न जनवर्गिय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । 

uml photo.. (2)

uml photo.. (1)