प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदैछन्।
भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीन गएका प्रधानमन्त्री प्रचण्ड आज फर्कन लागेका हुन्।
उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारहरूसँग भेट्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। हाङजाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए।