विराटनगर १२ असोज ।
कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आव्हान गरिएको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान गरिएको जनाएको छ ।
यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालिन मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएपछि भदौ ६ गते बुधबार अन्त्य भएको थियो ।