विराटनगर १२ असोज 

   नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले प्रतिपक्षीलाई दमन गर्ने र जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए । 

 उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको भन्दै आक्रोस पोखे । अध्यक्ष ओलिले  सरकार अपराधी छोड्न सिफारिस गर्ने राष्ट्रपतिले साथ दिने भन्दै कांग्रेसका नेताहरु अपराधीलाई फुलमाला लगाउने विपक्षिलाई मुद्धा लगाउने गरेको बताए । 

उनले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए । उनले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्ने नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् । कोशी प्रदेश अधिवेशनमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

uml adhibesen photo (3)

यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेका छन् । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छन् । मुलुक प्रदेश संरचनामा गएपछि नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो ।

uml adhibesen photo (2)