बेलबारी नगरपालिका वडा न। १०मा रहेको सिंहदेवी ऐकेडेमीद्धारा संचालित सिंहदेवी टिन्स क्लब र सिंहदेवी बालक्लबको संयुक्त आयोजनामा आज शान्ती सुरक्षामा समुदायको भुमिका बिषयको अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम एम्ब्रियो क्लबको भवनमा सम्पन्न भएको हो । 

आजको अन्र्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहनुभएका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज ब. दाहाललाई सिंहदेवी ऐकेडेमीका विद्यार्थीहरुले विभिन्न प्रश्नहरु गरेका थिए ।समाजमा अहिले अत्याधिक मात्रामा बढिरहेका अपराधिक घटनाहरुका कारणहरु के—के हुन्रु, यस्ता घटनाहरुको नियन्त्रण र समाधानकालागी कस्तो प्रयास भईरहेको छरु, महिलाहरुमाथि हुने बलत्कारका घटनाहरु, निर्मला पन्तको बलत्कारको अपराधीलाई किन लुकाईरहेको छरु, हत्यारा किन सार्वजनिक हुँदैनरु, बिभिन्न अपराधका फायलहरु किन बन्द छन्रु, किन अनुसन्धान हुँदैन ,आउँदै गरेको चाँडपर्वमा हुने दुर्घटना र झै झगडाका लागी के कस्ता प्रयास गर्नुहुन्छरु जस्ता प्रश्नहरु गरेका थिए ।

प्रश्नको जवाफ दिँदै प्रहरी निरिक्षक दाहालले समाजमा घट्ने बिषम परिस्थितीलाई सामना गर्दै जाने, प्रहरीले अपराधीलाई कानुनको दायरामा ल्याउने काम गरिरहेको , केही अपराधीक घटनाहरुको जोखिम हाम्रै समाजमा रहेको र यस्ता घटनाहरुबाट बच्न सतकर्ता अप्नाउनुपर्ने, अपराधीलाई कारबाही गर्ने भुमिका प्रहरीको भएपनि अपराधलाई नियन्त्रण गर्ने भुमिका समाजको पनि रहेको र आउँदै गरेको चाँडपर्व सचेत भएर मनाउनसमेत आग्रह गर्नुभयो ।

सिंहदेवी टिन्स क्लबकी अध्यक्ष अस्मीता भटराई र  सिंहदेवी बालक्लबका अध्यक्ष रनिल थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज ब। दाहाल, अतिथिहरुमा श्री सिंहदेवी सामुदायिक बनका अध्यक्ष लक्ष्मण तामाङ, विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष निल कुमारी थापा , विद्यालयका प्रध्यानाध्यापक रबिन थापा हुनुहुन्थ्यो ।

IMG_3156