बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले भदौ १८र १९ गते २ दिने उद्यमशीलता कार्यक्रम संचालन गरेर  फाईदा भएको रकमले बेलबारी वडा १ मा रहेको श्री जनएकता आधारभुत विद्यालयलाई एक सेट कम्प्युटर सहयोग गरेको छ। उद्यमशीलता कार्यक्रम संचालन गरेर  फाईदा भएको रकमले गुरुकुल पाठशालाका विद्यार्थीहरुले श्री जनएकता आधारभुत विद्यालयलाई सहयोग गरेको हो । 

उद्यमशीलता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले विभिन्न समुहमा बाँडिएर शैक्षिक सामाग्री, चिया, बिस्कुट, पकौडा, चटपटे, पानीपुरी, जुस, मिनरल पानी बिक्री गरेका थिए ।सो  सामाग्री खरिद गर्दा लाग्ने  लागत बिद्यार्थीहरुले नै  एउटा  विद्यार्थीले रु १ हजार  उठाएका थिए  ।  

परियोजनाको हिसाब प्रस्तुत गर्दै बाल क्लबकी सल्लाहकार निश्मा गिरीले सो कार्यक्रममा  १७ हजार १ सय ९० नाफा भएको बताउनुभयो ।  कार्यक्रम पश्चात  विद्यार्थीबाट संकलन  भएको रु १ हजार  लगानी बिद्यार्थीले नै फिर्ता पाउने बताइएको छ ।  

यस शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बालक्लबकी अध्यक्ष उपासना पौडेलले यस कार्यक्रमले विद्यालयलाई पनि धेरै सहयोग पुग्ने र भबिष्यमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

IMG_3221