नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो गठबन्धन सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार हटाए पनि अर्र्को विकल्प नभएकाले प्रमुख राजनैतिक दलहरु मिल्नुपर्ने स्थिति आएपनि नेपाली कांग्रेसले चिन्ता नदेखाएको बताए । उनले नेपाली कांग्रेसले मुलुक प्रतिको चिन्ता र जनता प्रतिको जवाफदेहिता नदेखाउदा आश्र्चर्यचकित भएको धारणा राखे । उनले नेपाली काँग्रेस कता छ कुन संसारमा छ के गर्दैछ किन चुपचाप बसेको छ भन्दै काँग्रेस संग सहकार्यमा अगाडी बड्ने सकिने संकेत गरेका छन् । उनले सरकारको काम गर्ने सैलिप्रति व्यगं गर्दै १७ दिनको भ्रमणको विषयमा आलोचन गरेका छन् ।
अध्यक्ष ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियता प्रति चिन्ता नदेखिएको बताए । उनले नेपालको चुच्चे नक्सालाई संसदले र्सवसम्मत पारित गरेकोले कार्यान्वयनमा जानुपर्ने बताए ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा राजनैतिक स्थिरताका लागि मध्यावधी हुनु उपयुक्त नभएकाले प्रमुख राजनैतिक पार्टीहरु बीच सहकार्य हुनुपर्ने बताए । उनले मध्यावदीमा गए पनि एमालेले बहुमत ल्याउने दावी गरे ।