कोशी प्रदेश क्याविने÷ विराटनगर 

विराटनगर ११ असोज 

विहिवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले आन्तिरिक मामिला तथा कानून मन्त्री लिलावल्लव अधिकारीलाई कोशी प्रदेश सरकारको प्रवक्ता तोकेको छ । 

सो वैठकले कृषि आयमा लगाउँदै आएको कर प्रदेश  सञ्चितकोषमा  दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने  निर्णय गरेको जनाएको छ । 

यसै गरी झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास  बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको  पूर्व स्वीकृति लिन  सिफारिस गर्ने निर्णय गरेको छ । उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय गरेको प्रवक्ता लिलावल्लव अधिकारीले जानकारी दिए । उनले  प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भएको जनाए ।

यसै गरी सो वैठकले २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड  समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।