विराटनगर ८ असोज ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् ।

सोमबार चार जना मन्त्री थप गरेर पछि काशी प्रदेशमा ९ सदस्यीय मन्त्रीमण्डल बनेको छ । एक जना मुख्यमन्त्री, पाँचजना मन्त्री र तीनजना राज्यमन्त्री रहेका छन् । मुख्य मन्त्रीले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । 

 सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रीभएका छन । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

safat (1) 4safat (3)