झापाको दुई छुट्टा छुट्टै
स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी
कार्यालय काँकरभिट्टा र लागुऔँषध
नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ
आउदै गरेका झापाको बिर्तामोड नगरपालिक-३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको
साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको छ । यसैगरी गोप्य सुचनाको
आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोस
डाँगी र २७ वर्षिय साजन राजवंशीको साथबाट १
ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको थियो । उनसुगर सहित
नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक
अनुसन्धान भईरहेको छ।