डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० सञ्चालन गर्ने तयारी भएको छ। बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्गमा बिगत बर्षहरुमा झै यस बर्ष पनि गोल्डकपलाई निरन्तरता दिने तयारी भएको हो ।यस गोल्डकपलाई बेलबारी नगरपालिकाको गौरवको रुपमा सञ्चालन गर्न लागिएको छ । बिराटनगर भन्दा बाहिर जिल्लामै सर्बाधिक पुरस्कार राशि भएको यो प्रतियोगिता सञ्चालनका लागि यतिबेला तयारी भईरहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख सहित ढफी र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ लाख नगद सहित टफि र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्बाधिक गोलकर्ता,उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल संघसंसस्था, सामुदायिक बन, बिद्यालयहरु र देश तथा बिदेशमा रहेका यस क्षेत्रका दाताहरु रहनेछन । मुख्य प्रायोजक र सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन टेनिङ सेन्टर धरान र टुबोर्ग बियर लगायत स्थानीय क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुनेछन ।
प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, बिग्रेड ब्वाईज क्लब काठमाण्डौ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लव धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, बिर्तामोड युनाईटेड झापा र भोजपुर जिल्ला फुटबल क्लबको सहभागीता रहने छ ।