जेसीज सप्ताह अन्र्तगत चौथो कार्यक्रम प्रवेशद्धार शिलान्यास कार्यक्रम आज बेलबारी बहुमुखी क्याम्पसको प्रवेशद्धार शिलान्यासगरी सम्पन्न भएको छ । क्याम्पसको प्रवेशद्धार शिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रदेश सभा सदस्य माननीय ज्ञानेन्द्र प्रसाद सुवेदीले गर्नुभएको हो । 

यस्तै आजको कार्यक्रममा बोल्दै बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोईरालाले बेलबारी बहुमुखी क्याम्पसको इतिहास मै अत्यन्त गौरवपुर्ण कामको सुरुवाती अवस्थामा प्रवेश गरेकोमा बेलबारी जेसीजप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यही असोज ८ गते क्याम्पसको सभाहलमा हुने करिएर काउन्सीलिङ तालिममा संपुर्ण विद्यार्थीहरुलाइ सहभागी हुन आग्रह गर्दै जेसीस सप्ताहको पुर्ण सफलताकोसमेत शुभकामना  दिनुभएको छ ।

आजको जेसीज सप्ताह अन्र्तगतको कार्यक्रममा बोल्दै जेसिज २०२३का अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन)ले जेसीज सप्ताहको छैठौँ कार्यक्रम अन्र्तगत बेलबारी क्याम्पसमा अध्ययनरत संपुर्ण विद्यार्थीहरुलाई लाभाम्बित हुनेगरिआयोजना गरिएको करिएर काउन्सीलिङ तालिममा संपुर्ण विद्यार्थीहरुलाई सहभागी हुनसमेत आग्रह गर्नुभयो । 

आजको प्रवेशद्धार शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय ज्ञानेन्द्र प्रसाद सुवेदीले मानविय संसाधन विकासको क्षेत्रमा , सामाजिक क्षेत्रमा , जनचेतनाहरुका कार्यक्रमका क्षेत्रमा जेसीजको महत्वपुर्ण भुमिका रहेको भन्दै आफुले गर्नुपर्ने सहयोग र स्थानीय तहबाट गर्नुपर्ने संपुर्ण सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै जेसीजलाई धेरै धेरै धन्यवाद र आभारसमेत व्यक्त गर्नुभएको छ । 

 आजको प्रवेशद्धार शिलान्यास कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका उपाध्यक्ष नगेन्द्र जमरकट्टेल , माओबादी केन्द्र बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी, मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

IMG_0015