जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम संविधानमा महिलाका अधिकार हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलबारी—१ स्थित बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । 

हिजो संविधान दिवसको अवसरमा स्थानीय जनप्रतिनिधि, अगुवा महिलाहरुकालागी तालिमको आयोजना गरीएको थियो । तालिमको सहजीकरण शोभा बजगाँईले गर्नुभएको थियो । तालिममा लगभग ८० जनाको सहभागीता रहेको थियो । 

उक्त संविधानमा महिलाका अधिकार कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश, प्रदेश सभा माननीय शोभा चेम्जोङ पालुङवा, विशिष्ट अतिथि बेलबारी नगरपालिका उप—प्रमुख नितु थापा कोइराला हुनुहुन्थ्यो । 

trenning