विराटनगर, ३ असोज । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघियता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको बताए ।

वुधवार संविधान दिवसको उपलक्ष्यमा विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेश वासिमा वितृष्णा पैदा भएको वताएका छन् । 

उनले आवश्यक कानुनको अभावमा संघियताको मर्म र भावना अनुसार काम हुन नसकेकोले संघियता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने बताउदै कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको बताए । 

 कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी छ जना विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।

संविधान दिवस मूल समारोह समिति कोशी प्रदेशले आयोजना गरेको सो कार्यक्रममा र्सार्वजनिक लेखा समितिका सभापति, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विद्यार्थीहरु, कर्मचारीहरु,विभिन्न संघसंघठनका प्रतिनिधीहरुको साथै संचारकामीहरुको सहभागिता रहेको थियो ।photo (17)