नवौँ संविधान दिवस २०८० को अवसरमा नेकपा एमालेले प्रभातफेरी गरेको छ । असोज तीनको मर्निङवाक सेल्फी विथ नेशनल फ्ल्याग भन्ने नाराकासाथ प्रभातफेरी गरेको हो । प्रभातफेरी एमालेको पार्टी कार्यालयदेखी सुरु भएर बेतना सिमसारमा पुगेर बिर्सजन गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले बेतना सिमसारमा पुगी नेपालको झन्डा बोकेर सेल्फी खिच्दै प्रभातफेरीको बिर्सजन गरेका थिए ।pravatfery

आजको यस प्रभातफेरी कार्यक्रममा लगभग ५० देखी ६० जना सहभागी थिए । प्रभातफेरीमा नेकपा एमालेका बेलबारी नगरपालिका संयोजक शंकर गुरुङ, नेकपा एमाले मोरङ जिल्ला सदस्य इरान राई, प्रदेश सांसद ज्ञानेन्द्र सुबेदी, बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई लगायतको सहभागीता रहेको थियो । 

pravat