झापा, भाद्र ३१
गते ।
झापाको दुई
छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ
गरेको छ । शनिबार साँझ ६ बजे बिशेष सुचनाको आधारमा खटिएको लागु औषध नियन्त्रण ब्युरो
काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्क स्थितमा रहेको
होटलबाट देश भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने २१
बर्षीय लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम लागुऔषध ब्राउनसुगर
फेलापारी मियालाई नियन्त्रणमा लिएको थियो । यसैगरी गोप्य सुचनाको आधारमा ईलाका
प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-७
सुनमाईका २८ बर्षीय आषिश राई सुत्ने कोठाको खानतलाशी गर्दा सिरानी मुनी लुकाई
छिपाई राखेको २ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी राईलाई नियन्त्रणमा लिएको थियो
। मियाको ईलाका प्रहरी कार्यालय अनारमनी र राईको ईलाका प्रहरी कार्यालय
धुलाबारीबाट आवश्यक कानूनी कारबाही प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले
जनाएको छ ।