बेलबारीका स्थानीयबासीहरुले नेपाल विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन् । अत्याधिक विद्युत कटौतीको विरोधमा बेलबारीका स्थानीयबासीहरुले प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । 

विद्युत प्राधिकरणको अफीसीयल फेसबुक पेजले लाईन कटौतीको सुचना नदिएको, प्राधिकरणमा फोनगर्दा फोन व्यस्त भएको फोन नउठाएको र फोन अफ गरेर बसेको र फेसबुक पेजमा कमेन्ट गर्दा सेवागा्रहीहरुलाई ब्लक गरेको र कमेन्ट बक्स नै अफ गरेको तथा लापरबाही गरेको गुनासो गर्दै यस्ता संपुर्ण कुराहरुलाई सुधार्नुपर्ने र यस्को जवाफदेही प्राधिकरण नभए विद्युत प्राधिकरणमा ताल्चा लगाईदिनेसमेत चेतावनी दिएका छन् । 

आजको विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रको कार्यालय घेराउ गर्नका लागी लगभग ५० जना स्थानीयबासीहरुको उपस्थिती रहेको थियो । 

विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रका कार्यालय प्रमुख मौखिक जानकारी दिएर बिदामा रहेका छन् ।