तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।
मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी त्यसै मिलभित्र रहेको घरमा बस्दै आएका २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ ।