बेलबारी नगरअस्पतालका चिकित्सकहरुले आज शान्तिपुर्ण बिरोध जनाएका छन् । हेटौँडामा दुई चिकित्सकमाथी अस्पतालको कक्षमा नै हातपात तथा कुटपिट भएको घटनालाई लिएर नगर अस्पतालका चिकित्सकहरुले बेलबारी नगर अस्पताल अगाडि हातमा कालोपट्टी बाँधेर र विरोध जनाउने विभिन्न प्लेकार्ड बोकेर शान्तिपुर्ण बिरोध जनाएका हुन् ।
बुधबार हेटौँडाको सञ्चो अस्पतालका दुर्ई चिकित्सकमाथी अस्पतालको एचडीयु वाडमै बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो । नगर अस्पतालका चिकित्सकहरुले एकता, जेल उईथआउट बेल, नैतिकताको ठेकेदार डाक्टर मात्रै किन ? जस्ता प्लेकार्डसमेत बोकेर हातमा कालोपट्टी बाँध्दै बिरोध जनाएका हुन् । अस्पतालका चिकित्सकहरुले हातमा कालोपट्टी नै बाँधेर बिरामीको उपचार गरिरहेका छन् । चिकित्सकहरुले ४८ घण्टा हातमा कालोपट्टी बाँधेरै उपचार गर्ने भएका छन् ।