बेलबारी नगरपालिका वडा न. १०मा रहेको सिंहदेवी ऐकेडेमीद्धरा संचालित टिन्स क्लबले आज बालदिवसको अवसर पारेर शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ ।  सिंहदेवी ऐकेडेमीले वडा कार्यालय नजिकैको एउटा वस्तीका बालबालिकाहस्लाई शैक्षिक सामाग्री वितरण गर्दै उक्त कार्यक्रम गरेको हो ।

“बालबालिकाको लगानी सुरक्षित भविष्य’’ भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको हो । यस सिंहदेवी ऐकेडेमीले बर्षौनी मनाउँदै आइरहेको बालदिवस यसपटक पनि शैक्षिक सामाग्री वितरण गर्दै मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वडा न. १० का वडाध्यक्ष गँगा याक्खा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा सिंहदेवी ऐकेडेमीका प्रधानाध्यापक रबिन थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै सिंहदेवी ऐकेडेमीका प्रधानाध्यापक रबिन थापाले मानवसेवा नै सबैभन्दा ठुलो धर्म हो । बालबालिकाहरुलाई पढ्नकालागी हौसला दिने , प्रेरणा दिने , बालअधिकारको बारेमा सचेत बनाउने र आजको दिनले सबै बालबालिकाहरुलाई पढ्नकालागी उपयुक्त समय मिलोस् , पढ्नकालागी सुनिश्चितता होस् ,अप्ठ्यारोमा परेका  बालबालिकाहरुलाई पढ्नकालागी साथसहयोग गर्ने वातावरण मिलोस् र मानव सेवामा लाग्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका बेलबारी नगरपालिका वडा न. १० का वडाध्यक्ष गँगा याक्खाले सिंहदेवी ऐकेडेमीले शैक्षिक सामाग्री वितरणका लागी छनोट गरिएको वस्तीकालागी विशेष धन्यवाद दिँदै यस्ता कार्यक्रमले अगामी दिनमा बालबालिकाहरुलाई समाजप्रति उत्तरदायी हौसला दिने र अध्ययनका लागी सहयोग पुग्ने र आजको यस कार्यक्रमका लागी बेलबारी नगरपालिका  १० नं वडाको तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो । 

ssss 1