बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम बेलबारी—३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालको पश्चिममा सम्पन्न भएको हो । “रक्तदान जीवनदान’’भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । रगतको अभावमा कोहिपनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना भएको हो । रक्तदान कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोईरालाले पनि रक्तदान गर्नुभएको छ ।
रक्तदान कार्यक्रमको बारेमा बोल्दै बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेष कुमार श्रेष्ठ अशोकले अहिले बढिरहेको विभिन्न दुर्घटनामा चाहिने रगतको अभाव भएकाले त्यस्तो अभावलाई पदपूर्ति गर्न र रगतको अभावमा कसैलेपनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ यस वृहत रक्तदानको आयोजना गरिएको जानकारी दिनुभयो ।
आजको रक्तदान कार्यक्रममा ७५ पाउन्ड रगत सँकलन भएको छ ।