बिराटनगर २५ भाद्र ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्टेपसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरे । उनले संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए भन्दै उनले हाम्रो सिस्टममै दोष भएको धारणा राखे । उनले संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्ने बताए।

received_273583128826213

 यादवले काँग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको जानकारी दिए । उनले मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्छ यसमा कुनै समस्या नभएको र मोर्चा र काँग्रेस सहकार्यका साथ अगाडि बढ्ने बताए । उनले सविधान संशोधन र निर्वाचन प्रणालीमा फेरवदलको आवश्यकता रहेको बताए । उनले उनी समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न आएका हुन् ।

received_1065266404636693