विराटनगर २४ भाद्र ।

सुनसरी मोरङ जिल्लाका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले लुटेराहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्रउ गर्न सफल भएको जनाएको छ । 

पक्राउ पर्नेमा मोरङ बुढीगंगाका रिजवान मिया, दुहबीका नसुदिन मिया, अलिम मुर्र्तुजा, भारतका मोहम्मद आलम, बुढीगंगाका नजरुल मिया र सिजाम आलम रहेका छन । उनीहरुको साथबाट प्रहरी संग लुटेको एक थान चाइनिज पेस्तोल, एक थान कटुवा पेस्तोल, रड, धारिलो चक्कुका साथै नेपाली १ लाख ७५ हजार रुपैया र भारतिय ११ हजार ६ सय रुपैया बरामद गरिएको छ । लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेको बताएको छ । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा लुटेराहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 सो पत्रकार सम्मेलनमा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा भएका केही घटना बारे प्रहरी संवेदनशिल भएको र अपराधिक घटना नियन्त्रण गर्न विशेष टोलीहरु गठन गरिएको बताए । उनले ताप्लेजुङका डिएसपी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिइएको घटना बारे आवश्यक छानबिन गर्न प्रहरी उपरीक्षकको टोली खटाइएको र दोषीलाई आवश्यक कारवाही गरिने भन्दै कानुनले कसैलाई नछोड्ने बताए ।

 लुटपाटमा संलग्न गिरोह पक्राउ पर्नु दुई दिन अघि मात्र सो गिरोहले सादा पोशाकमा रहेका दुई जना प्रहरी संग रहेको चाइनिज पेस्तोल लुट्नुका साथै कुटपिट गरी घाइते बनाएको थियो । उनिहरुलाई डाका मुद्धा हातहतियार मुद्धा र संगठित अपराधको मुद्धा चलाइने मोरङ प्रहरीरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

IMG_20230910_153517