जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।