विराटनगर, २४ भाद्र ।
राजनीतिक गन्डागोलका कारण करिव १४ दिन देखि कोशी प्रदेशमा बजेट सुन्य जस्तै भएको थियो ।
सर्वोच्चको आदेश र कोशी प्रदेशमा पुन हिक्मतकुमार कार्की मुख्यमन्त्री भएपछि आइतबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।
अध्यादेश जारी भए संगै कोशी प्रदेशमा रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ । गत भाद्र १० गते सम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो । अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी रुपमा सहज भएको छ ।
हिक्मत कुमार कार्की नेतृत्वको सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले आर्थिक र विनियोजन अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिश समेत गरेको थियो ।