बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत सर्वोच्च अदालतले बदर गरीदिए पछि उनी पदमुक्त भएका छन् ।
सर्वोच्चले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्मन्त्री थापालाई पदमुत्तः गरेको फैसला गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन ।
पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ । दोस्रो पटक कोशी प्रदेशबाट थापा पद मुक्त भएका हुन ।