विराटनगर । रथयात्राका क्रममा अवन्च्छित गतिविधिमा संलग्न भएको आरोपमा ३२ जना भारतिय सहित ३८ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

संकास्पद गतिविधि गरेको र विगतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३० जना पुरुष र ८ जना महिला रहेका मोरङ प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।