प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यका पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको जिकिर गर्नुभएको छ । आज संसदमा नियमित प्रश्नोत्तरको क्रममा उहाँले कांग्रेसका सांसद उदयशमशेर राणाले उठाएको प्रश्नको जवाफ दिनुभएको हुो
चीनमा हुने आसन्न भ्रमणमा उत्तरी नाका खोल्ने, सडक ऊर्जा, कृषि, स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहयोगका लागि पहल हुने उहाँले जानकारी दिनुभयो ।‘उपत्यकाको भौतिक पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन भएको छ । शासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रबिन्दु बनाएर सरकारले काम गरेको छ’, उहाँले भन्नुभयो, ‘आसन्न चीन भ्रमणमा थप उत्तरी नाका खोल्ने, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आर्थिक साहयताको विषयमा छलफल केन्द्रित हुनेछ ।
राणाले उपत्यकाका बढ्दो सहरी बस्ती व्यवस्थापनका लागि रिङरोड बाहिरका नगर बस्ती जोड्ने, आर्थिक सुधार र चीन भ्रमणबारे प्रश्न सोधेका थिए ।