“हामी आफ्नो खर्च आफैँ जुटाउँछौ‘‘‘, परिश्रम गरौँ आत्मनिर्भर बनौँ” भन्ने उद्धेश्यका साथ आज बेलबारी नगरपालिका वडा नं.३ मा रहेको गुरुकुल पाठशालाका विद्यार्थीहरुले २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालन गरेका छन् । यो परियोजना कार्य आज र भोली गरी २ दिन सञ्चालनमा रहने छ ।
विद्यार्थीहरुले बेलबारीका विभिन्न ठाँउमा चिया, कफी, स्टेशनरी सामाग्री, चिसो पेय पदार्थ, सलाद, चटपटे,पानीपुरी लगायतका खानेकुराहरुको बिक्री गरिरहेका छन् ।
गुरुकुल पाठशालाले सैद्धान्तिक ज्ञानमा मात्र आधारित नभएर प्रयोगात्मक सिकाइलाई पनि प्रथमिकता दिदँै विद्यार्थीहरुलाई भविष्यमा आत्मानिर्भर बन्नका लागि सहजता हुने गरी यस कार्य सञ्चालन गरेको हो ।
यस २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालनबाट प्राप्त नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने विद्यार्थीहरुले बताएका छन् ।