हिजो गुरुकुल पाठशाला बेलबारीले १ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १० का बिद्यार्थीहरु लाई लालीगुराँस बचत तथा ऋण सहकारीको भ्रमण गराइएको थियो । विद्यार्थीहरुले वचत, ऋण, ब्याज, जोखिम, लगानी आदिबारे सहकारीका ब्यवस्थापक केशब रुपाखेतिसँग अन्तरक्रिया गरेका थिए । सहकारीका अध्यक्ष दुर्गा गौतम तथा ब्यवस्थापक केशब रुपाखेतिले विद्यार्थीहरुलाई सहकारी बारे प्रस्टाउनु भएको थियो । ब्यवहारीक र खोज अनुसन्धानमुलक शिक्षा दिने पाटोको रुपमा बित्तिय साक्षरता कार्यक्रम गरिएको बिद्यालयका अध्यक्ष माधवराज थापा बताउ भयो ।
गरिबहरुको बैक भनेर चिनिने सहकारीहरुलाई ग्रामिण गरिबि निवारणमा महत्वपुर्ण भुमिका खेलेको मानिन्छ यधपि धेरै सहकारीहरु जोखिममा रहेको हालैका तथ्याङहरुले देखाउँछन् ।