बेलबारी नगरपालिकाले आज खेलाडी बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बेलबारी नगरपालिकाको कार्यालय मै सम्पन्न भएको हो । 

नगरपालिकाले ५५ औँ एशियन शारिरीक सुसंगठन प्रतियोगितामा सहभागि हुन सफल हुनुभएका बेलबारी नगरपालिका वडा नं ३ का मनोज सुवेदीलाई बिदाई गरेको हो । सुवेदी नेपाल बढिबिल्डिङ एण्ड फिटनेस फेडेरेशन काठमाडौद्धारा आयोजित आठौँ मिस्टर हिमालय नेशनल लेबल बढिबिल्डिङ च्याम्पेनशिपमा ६५ केजी तौल समुहमा प्रथम भएपछि सेप्टेम्बर १ देखि काठमाडौँ सुरुहुने ५५ औँ एशियन शारिरीक सुसंगठन प्रतियोगितामा सहभागि हुन जानलाग्नु भएको हो । 

५५ औँ एशियन शारिरीक सुसंगठन प्रतियोगितामा  नेपाल अधिराज्यबाटै प्रतिनिधित्व गर्दै मनोज सुबेदी १ जनामात्रै छनोट हुनुभएको छ । खेलाडिलाई बेलबारी नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, बेलबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिक्रम बान्तवा राई, निमित प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खड्का, आइ डब्लु एफ एन कराते डो सङ्घको कोशि प्रदेशका अधक्ष्य   हेमन्त सुबेदि  लगाएतले बिदाई गर्नुभएको हो ।