राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।  संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। 

भदौ ११ गते हुने  संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफलका लागि  बैठक बसेको हो। बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ।