विराटनगर ८ भाद्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षाका लागि प्रमुख राजनीतिक दलहरु मिलेर जानु पर्ने बताएका छन् । शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले देशरको विकास ,संविधानको रक्षा र कार्यान्वयन , अनियमितता,तस्करी, वेथिति,भ्रष्टचारको नियन्त्रण साथै आर्थिक विकास र सुसासनका लागि प्रमुख जिम्मेवार राजनीतिक शक्तिहरु मिल्नु पर्ने बताए । उनले देशमा भयावह ढगंले भइरहेको तस्करी रोक्न गम्भिर कुरा भएकाले यस्लाई रोक्नु पर्ने बताए ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान सरकार तिर नभएको प्रष्ट पारे । उनले राजनीतिक स्थिरता स्थाइत्व,सुसासन, भ्रष्टचार नियन्त्रण,आर्थिक विकाश प्रति ध्यान रहेको बताए । कोशी प्रदेशको सरकारको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलिले कांग्रेस जस्तो पुरानो पार्टीले पनि एकछिनको लागि संविधान मिचेर वल जफति गर्नु लज्जासपद रहेको धारणा राखे । उनले माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर हो अहिले पनि मानेको छैन तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मिच्नु भनेको संविधानको घोर उल्लङ्घन भएको बताए ।
अध्यक्ष ओलीले कोशी प्रदेसमा गठबन्धनले असंवैधानिक गतिविधि गरेको आरोप समेत लगाए । उनले गठबन्धनको दुरबुद्धी,अलोकतान्त्रीक र असंबैधानिक कृयाकलापको कारणले अस्थिरता आएको बताए । उनले असंवैधानिक कृयाकलापलाई एमालेले बढावा नदिने बताए । उनले कोशी प्रदेशमा ५० सिट सहित एमालेले सरकार चलाउने दावी समेत गरे ।
उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे–जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए । सरकारले गिरीबन्धु टि स्टेटको कुरा निकालेर चिल आयो चिल आयो भनेर कुखुरा चोर्ने काम मात्रै गरीरहेको बताए ।