करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित भगवानपुर गाउँपालिका ४ ठाडीबाट एक जना भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।