संसदीय समितिका सभापतिहरूको निर्वाचन भदौ ११ गते हुने भएको छ।  सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ।निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।

 नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १,१ समितिको सभापति पाउने गरी सहमति भएको छ।

सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए।