नेपाली काँग्रेस बेलबारीका नि वर्तमान सभापति तथा कसेनी मोडल इङलिस स्कुलका निर्देशक शम्भु भटराईले करेन्ट लागेर मृत्यु भएका बेलबारी नगरपालिका वडा नं ५ मटियारीका २५ बर्षिय स्व.प्रेम कुमार चौधरीका २ वटी छोरीहरुलाई ८ कक्षासम्म निःशुल्क पढाईदिने हुनुभएको छ । उहाँले मृतक चौधरीको घरमै गएर उक्त घोषणा गर्नुभएको हो । २ वटी छोरीहरुमध्ये एउटी छोरी कक्षा २ मा र एउटी छोरी कक्षा ३ मा अध्ययनरत छन् । घरको पँखा मर्मत गर्ने क्रममा साउन ३० गते चौधरीको मृत्यु भएको थियो ।
घरपरिवार पनि बिपन्न तथा आर्थिक अवस्था पनि एकदमै न्युन रहेकाले कसेनी मोडल इङलिस स्कुलका निर्देशक शम्भु भटराईले २ वटी छोरीहरुलाई नै निःशुल्क कक्षा ८ सम्म पढाईदिने घोषणा गर्नुभएको हो
आर्थिक अवस्था एकदमै दयनीय रहेकाले संपूर्णले सकेको जस्तोसुकै भएपनि सहयोग गरिदिन उहाँको परिवारले अनुरोध गर्नुभएको छ ।