बेलबारी नगरपालिका वडा नं ५ मटियारी घर भएका स्व. प्रेम कुमार चौधरीको २५ बर्षको अल्पायुमै करेन्ट लागेर मृत्यु भएको छ । घरको पँखा मर्मत गर्ने क्रममा उहाँको साउन ३० गते मृत्यु भएको हो।
उहाँका २वटी साना साना छोरीहरू छन् । छोरीहरूको जन्मदर्ता र उहाँको बिबाहदर्ता पनि छैन । घरपरिवार पनि बिपन्न तथा आर्थिक अवस्था पनि एकदमै न्युन रहेकाले स्थानीयहरूले हातेमालो समुह अभियान संचालन गरेर आजको मितिसम्ममा रू ४६,२५० सहयोग संकलन गरेका छन् ।
छोरीहरूको जन्मदर्ता र मृतकको श्रीमतीको बिबाह दर्तासमेत नभएकाले यसकालागि पनि हातेमालो समुह अभियानले कदम चालिरहेको छ । आर्थिक अवस्था एकदमै दयनीय रहेकाले संपूर्णले सहयोग गरिदिन उहाँको परिवारले अनुरोध गर्नुभएको छ ।