नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा विगतमा सरकार गठन गर्ने नाममा गरिएको कार्य जस्तै पुनः गल्ती दोर्याएकोले यसलाई अदालतले सच्याउने बताएका छन् ।
मंगलबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेश सरकारले बहुमत लिने नाममा गरेको कार्य संविधान र संसदीय मुल्य मान्यता विपरित रहेको बताए । उनले अध्यक्षता गरेको व्यक्ति सभामुनै भएको गलत भएको बताए ।
उनले राज्य सत्ता कमजोर भएको तथा राजनैतिक दल र नेताका कमीकमजोरीका कारण न्यायिक सक्रियता बढेको बताए । उजले यस अघि कोशी प्रदेशको विषयमा सर्बोच्चले सहि गरेको निणर्य गरेको बताए ।
उनले निर्दोश नछुटुन र दोशीलाई सजाय नहोस भन्दै सरकारमा बस्ने नवस्ने विषयमा छलपल नगरिएको र सरकारले गरेका निर्णयहरु चित्त बुभ्mदो नभएको बताए ।
उनले भ्रष्टाचार र सुशासनका लागि राज्यका प्रत्येक निकायलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताउदै छानबिनमा संलग्न प्रहरीका उच्चअधिकारीहरुको सरुवा गर्नु गलत भएको धारणा राखे ।
नेता कोइरालाले राजनैतिक दलका नेता कार्यकर्ताहरुको संरक्षणका लागि सुन प्रकरणमा सिआईबीलाई निष्पक्ष रुपमा काम गर्न नदिएको आरोप लगाएका छन् । उनले अनुसन्धान गर्ने निकायलाई नै मन्त्री र गृहमन्त्रीले गाइड गर्न नहुने बताएका छन् ।
उनले संविधान रक्षा र संघियता कार्यान्वयनका लागि एमाले र कांग्रेस मिलेर जानुपर्ने हो भनेर संचरकर्मीले गरेको प्रश्नको जवाफमा नेता कोइरालाले अहिले परिस्थिति त्यस्तो नबनिसकेको बताए ।