बेलबारी नगरपालिका वडा न.११ का सुर्य व. पौडेल बिगत लामो समयदेखी दुबै किड्नी फेल भएको अवस्थामा जीवन र मृत्युको दोसाँदमा बाँचिरहनुभएको छ ।
उहाँको जिवनरक्षाको अन्तिम र एकमात्र उपचार किड्नी प्रत्यारोपण गर्नुपर्ने र उहाँकै आमाले एउटा किड्नी प्रदान गर्नुहुने भएकाले उपचारका लागि धेरै खर्च लाग्ने र बिपन्न परिवार भएकोले सहयोगका लागि संपुर्णलाई अपिल गर्नुभएको हो ।
बेलबारी नगरपालिका वडा न.११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले वडा न.११ बाटपनि समिति बनाएर लागेको र संपुर्ण नगरबासि र देशबाहिर बस्नुहुने दाजुभाई दिदीबैनीहरुको आर्थिक सहयोगको खाँचो परेकाले संपुर्णलाई सहयोग गर्न र आफनो वडामा परेको यस दुखद घडीमा सबैतिरबाट सहयोग गरेर यो अभियानलाई सफल पार्नकालागि पनि अनुरोध गर्नुभएको छ ।
आजको बचाऊ अभियानबाट डि.आ.जी केदार ढकालबाट रु. १०,०००, श्री लक्ष्मी सामुदायिक बन बेलबारी ११ बाट रु १०,००० र बेलबारी ११ मा रहेको खानेपानि सँस्थाले रु ५,००० सहयोग गरेको थियो ।